केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुडामणि शर्मा अझै थप ६ दिन थुनामा रहने

सहयात्रा टिभी

काठमाडौं । राज्यको महत्वपूर्ण निकायमा बसी अकुत सम्पत्ती कमाएको अभियोगमा पक्राउ परेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मा अझै थप ६ दिन थुनामा रहने भएका छन । शर्मालाई थप ६ दिन थुनामा राखि अनुसन्धान गर्न बिशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो । शर्मामाथि अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदन उपयुक्त देखिएको अदालतले ठहर गरेको हो । न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र सिवाकोटीको संयुक्त इजलासले गत आइतबार पनि शर्मालाई ७ दिन थुनामा राख्न अनुमति दिएको थियोे । शर्माले भने विघटन भइसकेको कर फस्र्यौट आयोगको काम कार्वाही र कागजातमाथि अनुसन्धान गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नरहेको प्रतिक्रिया दिए ।

प्रकाशित : 9 June, 2017

प्रतिक्रिया दिनुहोस्