केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दाङमा ३४ सामुदायिक बन र २० राष्ट्रिय बन डढेलोले सखाप

सहयात्रा टिभी

दाङ । बर्षेनी सुख्खा याममा आगलागीका घटना सुनिन्छन । यसपटकको सुख्खा याममा भने दाङमा ठूलो नोक्शानी भएको छ । आगलागीबाट दाङमा चौंतीस वटा सामुदायिक र २० वटा राष्ट्रिय वन क्षेत्र गरी ५४ जंगल नष्ट भएका छन । जिल्ला वन कार्यालय दाङका अनुसार आगलागीबाट झन्डै तीन हजार ५०० हेक्टर क्षेत्रको वनमा नोक्सानी भएको छ ।

गत वर्ष १५३ स्थानमा आगलागी हुँदा २४ हजार ९६१ हेक्टर वन क्षेत्रमा नोक्सानी भएको थियो । अहिले बेलाबेला पानी परिरहेकाले आगलागीका घटना केही कम भएको वन कार्यालयले जनाएको छ ।

प्रकाशित : 10 June, 2017

प्रतिक्रिया दिनुहोस्