राजनीतिक दल सम्बन्धी ऐन संशोधन बिधेयक बहुमतले स्वीकृत
सहयात्रा टिभी
काठमाडौं । राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक संसदमा बहुमतले स्वीकृत भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी, नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आइतबार विधेयक पेस गरेको थियो ।
नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो ।