केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नयाँ सरकारसंगै सेयर कारोवार बढ्दै

सहयात्रा टिभी

काठमाडौं । नयाँ सरकार गठन भएसंगै सेयर बजारमा सुधार आएको छ । सेयर बजारमा कारोबार रकम बढ्दो क्रममा देखिएको छ । यसलाई लगानीकर्ताको मनोबल बढ्दै गएको संकेतका रूपमा पनि हेर्न सकिन्छ ।

कांग्रेस नेतृत्वमा सरकार बनेपछि बजारमा थप सुधार हुने अपेक्षा गरिएको थियो तर अपेक्षित रूपमा सुधार आउन सकेन ।

गत साता बजारमा करिब साढे ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा कारोबार रकम १७.६४ प्रतिशतले बढी हो । नेप्से निरन्तर ओरालो लागेपछि घटने दर केही कम भएको छ ।

गत साता ३४ हजार २ सय २४ कारोबारबाट १ सय ५९ कम्पनीका ३ अर्ब ३५ करोड ७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्