केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिले पाइन्टमा पिसाब फेरे

सहयात्रा टिभी

एजेन्सी । कोलम्बियाका राष्ट्रपति जुआन म्यानुल सान्तोसले एक कार्यक्रममा कयौं व्यक्तिका अगाडि नै  पाइन्टमा पिसाब फेरेका छन् । चुनावी भाषणका क्रममा  राष्ट्रपति जुआन म्यानुलले पाइन्टमा पिसाब फेरेका हुन । यो घटनापछि उनको स्वास्थ्यका विषयमा समेत सवाल उठेको थियो । ६२ वर्षीय जुआन सो समयमा उत्तरी कोलम्बियास्थित तटीय सहर बारानक्विलामा आफ्नासर्मथकमाझ भाषण दिइरहेका थिए । 

यसै क्रममा उनको पाइन्टमा दाग देखियो । त्यहाँ उपस्थित कुनै एक व्यक्तिले जुआनको उक्त क्षणको भिडियो बनायो र त्यसलाई इन्टरनेटमा सेयर गर्यो । 

सन् २०१२ मा प्रोस्टेट क्यान्सरको सर्जरी गराइसकेका जुआनले पाइन्ट भिजिसकेपछि पनि आफ्नो भाषण रोकेनन् ।

चिकित्सकहरुले सर्जरीपछि उनलाई प्रोस्टेट क्यान्सरबाट राहत मिल्ने सम्भाावना ९७ प्रतिशत रहेको विश्वास दिलाएका थिए । उक्त सर्जरीपछि जुआनले आफू पूर्ण रुपमा ठीक भएर्को बताएका थिए ।

प्रकाशित : 11 June, 2017

प्रतिक्रिया दिनुहोस्