केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीलंकालाइ हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । निकै रोमाञ्चक खेलमा श्रीलंकालाई हराउँदै पाकिस्तान च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । पाकिस्तानले गएराती श्रीलंकालाई ३ विकेटले हराएको हो ।

२ सय ३७ रनको चुनौती पाकिस्तानले ३१ बल अगावै ७ विकेट गुमाएर भेट्टायो । उसको जितमा कप्तान सर्फराज अहमदले नटआउट ६१ रनको योगदान गरे । फाकर जामनले ५० रन बनाएको पाकिस्तानी ईनिङसमा अजहर अलीले ३४ तथा मोहमद अमिरले अविजित २८ रनको योगदान गरे । श्रीलंकाका नुवान प्रदिपले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको श्रीलंका ४ बल अगाबै २ सय ३६ रनमा समेटिएको थियो । अब बुधवारबाट सेमिmाइनलमा खेल सुरु हुँदैछन । बुधवार पहिलो सेमिफाईनलमा ईङल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै दोस्रो सेमिफाईनलमा बिहीबार भारत र बंगलादेश भिडनेछन ।

प्रकाशित : 13 June, 2017

प्रतिक्रिया दिनुहोस्