प्रधानन्यायाधीशमा पराजुलीसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । न्याय परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि गोपाल पराजुली सहित ६ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ । न्याय परिषद बैठकले प्रधानन्यायाधीशका लागि योग्य रहेको भन्दै उनीहरुको नाम संवैधानिक परिषद्मा पठाएको हो । न्याय परिषद्ले सिफारिस गरेको नाममा एक नम्बरमा पराजुलीलाई राखेको छ ।
कार्कीले अवकाश पाएपछि बरिष्ठतम न्यायाधीश पराजुलीले सर्वोच्च अदालतको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्सेर जबरा र जगदीश शर्मा पौडेल समेत प्रधानन्यायाधीशका लागि योग्य रहेको भन्दै न्याया परिषद्ले नाम पठाएको हो ।
न्याय परिषद्ले पठाएको नाममा छलफल गर्दै संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ ।