केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राजपालाई तत्काल निर्वाचनमा आउने वातावरण बनाउन राणाको आग्रह

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई तत्काल निर्वाचनमा आउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक अन्तक्रियामा नेता राणाले शान्तिपूर्ण रुपमा स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न पनि सरकारले राष्ट्रिय जनता पार्टीलाई निर्वाचन ल्याउनै पर्ने बताउनुभयो ।

राणाले तराईकासबै पक्षलाई निर्वाचनमा सहभागी गराउन नसकिए मुलुक ठूलो संकटमा फस्ने चेतावनी पनि दिनुभो । उहाँले राजनीतिक प्रतिष्ठालाइ बिर्सेर निर्वाचनमा सहभागी हुन राजपालाइ आग्रह पनि गर्नुभयो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्