=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


राजपालाई तत्काल निर्वाचनमा आउने वातावरण बनाउन राणाको आग्रह

सहयात्रा टिभी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई तत्काल निर्वाचनमा आउने वातावरण बनाउन सरकारसँग आग्रह गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक अन्तक्रियामा नेता राणाले शान्तिपूर्ण रुपमा स्थानीय तह दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न पनि सरकारले राष्ट्रिय जनता पार्टीलाई निर्वाचन ल्याउनै पर्ने बताउनुभयो ।

राणाले तराईकासबै पक्षलाई निर्वाचनमा सहभागी गराउन नसकिए मुलुक ठूलो संकटमा फस्ने चेतावनी पनि दिनुभो । उहाँले राजनीतिक प्रतिष्ठालाइ बिर्सेर निर्वाचनमा सहभागी हुन राजपालाइ आग्रह पनि गर्नुभयो ।

प्रकाशित : 14 June, 2017

प्रतिक्रिया दिनुहोस्