केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुडामणि समातिएपछि कर फर्छ्यौट ऐन नै संशोधनको प्रक्रियामा

सहयात्रा टिभी

काठमाडौं । आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मामाथि अख्तियारले भ्रष्टाचार अभियोगमा अनुसन्धान अघि बढाएपछि कर फर्छ्यौट ऐनमाथि नै प्रश्न उठेको छ । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्छ्यौट ऐन नै ले दिएको सुविधामा टेकेर शर्माले भ्रष्टाचार गरेको भन्दै ऐन नै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । समितिले अर्थमन्त्रालयलाइ संशोधनका लागि निर्देशन पनि दिएको छ ।
समितिका सभापति प्रकाश ज्वालाले कर फर्छ्यौट ऐन २०३३ मा कर फर्छ्यौट आयोगले गरेका निर्णयहरुमा अदालतमा प्रश्न उठाउन नपाइने जस्ता व्यवस्था भएकाले संशोधन आवश्यक रहेको बताउनुभयो ।

ऐन संशोधन नभएसम्मका लागि अर्काे कर फर्छ्यौट आयोग पनि गठन नगर्न दिने निर्णय गरिएको सभापति ज्वालाले जानकारी दिनुभयो ।
कर छुट सुविधाको गलत प्रयोग गरी भ्रष्टाचार गरेको अभियोगमा आन्तरिक राजश्व विभागका महानिर्देशक चुणामणि शर्मामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्