केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समानताको सन्देश दिन २०० मान्छे नाङ्गै सडकमा

सहयात्रा टिभी

एजेन्सी । न्युयोर्कको टाइम्स स्क्वायर अघि अचानक सुन्दर पुरुष र महिलाहरुलाइ नग्न अवस्थामा देखेपछि आसपासका मानिस अचम्म परे । कम्तिमा २०० नग्न मोडेल त्यहाँ जम्मा भएका थिए । लगभग महिला पुरुष बराबर थिए । उनीहरुले आफनो शरीरमा पेन्टिङ समेत गरेका थिए । पेन्टिङ र नग्नतामार्फत उनीहरु समानताको सन्देश दिन त्यहाँ जम्मा भएका थिए ।

यो प्रोजेक्टको नाम ‘बडी नोट्स’ दिइएको थियो । मानिसको आकार र शरीरले मानविय भावनामा कुनै अशर नगर्ने भेलाको निष्कर्ष थियो ।  केहीबेर प्रहरीले भेलामा हस्तक्षेप पनि गरेको थियो । 

उनीहरुले सामुहिक तस्बिर पनि खिचाएका छन । 

शरीरमा बिभिन्न कुरा लेखेर नग्न रुपमा प्रस्तुत हुन पाउँदा स्वच्छन्द महसुस गरेको भेलाका सहभागीहरुले बताए । यसरी नलजाइ खुला रुपमा सडकमा महिला पुरुष आउँदा संचारमाध्यमलाइ समाचार बनाउन गजबको मसला भएको छ ।

प्रकाशित : 15 June, 2017

प्रतिक्रिया दिनुहोस्