बिश्वका ७० शहरमा निर्वस्त्र साइकल रेस

एजेन्सी । आजभोली नाङ्गै भएर केही गर्यो कि त्यो सनसनीपूर्ण समाचार भैहाल्छ । बिहे नाङ्गै, नृत्य नाङगै, बिरोध नाङगै….हुँदाहुँदा अब त साइकल रेस पनि नाङ्गै ।
यही हप्ता विश्वका बिभिन्न ७० वटा शहरमा निर्वस्त्र साइकल रेस सम्पन्न भएकोे छ । रेसको नारा नै ‘सकेजति निर्वस्त्र चलाउ’ भन्ने थियो । रेसमा निर्वस्त्र भइ भाग लिनेहरुको संख्या उल्लेख्य थियो । रेसमा हजारौं व्यक्तिले आफूलाई सक्दो निर्वस्त्र बनाएर साइकल यात्रा गरेका थिए ।
शहरमा बढ्दो सवारी चापका कारण साइकल चालकलाइ समस्या भएकोे भन्दै बिरोधस्वरुप निर्वस्त्र साइकल रेस आयोजना गरिएको हो ।
अभियानका सहभागीहरुले निर्वस्त्र हुन पाउनु नैसर्गिक अधिकार भएको तथा निर्वस्त्र हुनुलाई अश्लीलतासंग दाँज्न नहुने लगायतका नारा आफनो शरीरमा लेखेका थिए ।