केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रसियामा आजबाट अन्तरमहादेशीय कप फुटबल प्रतियोगीता सुरु हुँदै

सहयात्रा टिभी

काठमाडौं । रसियामा आजबाट अन्तरमहादेशीय कप फुटबल प्रतियोगीता सुरु हुँदैछ । रसियामा सन् २०१८ मा हुने बिश्वकपमा रंगशाला सुरक्षा र पुर्वाधारको गुणस्तरमा प्रश्न उठिरहेका बेला रसियाले सो प्रतियोगीता आयोजना गरेको हो ।

८ मुलुकलाई २ समुहमा विभाजन गरी राउण्ड रोबिन लिगका आधारमा प्रतियोगीता सञ्चालन गरिने छ । समूहका शीर्ष दुई टोली प्रतियोगीताको सेमिफाईनलमा प्रवेश गर्नेछन् ।

उद्घाटन खेलमा आज समुह एमा रहेका आयोजक रसिया र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । रसिया र न्युजिल्याण्डसंगै समूह एमा मेक्सिको र पोर्चुगल समेत रहेका छन् । अष्ट्रेलिया, क्यामरुन, चीली र जर्मनी भने समूह बीमा रहेका छन् ।

प्रतियोगीताको उद्घाटन खेल हेर्न ४४ हजार दर्शकले टिकट काटेका छन् ।

प्रकाशित : 17 June, 2017

प्रतिक्रिया दिनुहोस्