निर्वाचन गतिविधिमा बालबालिका प्रयोग नगर्न दलहरुलाइ निर्वाचन आयोगको पत्र
सहयात्रा टिभी
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक गतिविधिहरूमा बालबालिकाको प्रयोग भई आचारसंहिता उल्लघंन भएको भन्दै नेपाली कांग्रेस, ने.क.पा. एमाले, ने.क.पा. माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम लगायतका दलहरुको ध्यानाकर्षण गरेको छ ।
आयोगले यी दलहरका नाममा पत्र काटी बालबालिकाको प्रयोग नगर्न नगराउन अनुरोध गरेकोे छ ।
मूलतः राजनीतिक दलहरू एवं मातहतका संगठनहरू तथा भातृ संगठनहरूबाट विभिन्न राजनीतिक गतिविधिहरूमा बालबालिकाहरूको प्रयोग भएकोमा आयोगले आपत्ती जनाएको छ ।