केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेट कार्यान्वयन गर्न सरकारको सबै मन्त्रालयलाइ निर्देशन

सहयात्रा टिभी

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/०७५ को बजेट कार्यान्वयन गर्न सबै मन्त्रालयलाई अख्तियारी पठाएको छ ।
विनियोजन विधेयक संसदमा पेश भइसकेको र बजेट पारित भई ऐन प्रारम्भ भएको मितिले कार्यान्वयनमा जाने भन्दै सरकारले मन्त्रालयलाइ पत्राचार गरेको हो ।

विधेयकका प्रावधानहरू र प्रेषित मार्गदर्शनहरूबाट बजेट कार्यान्वयन सहज हुने अर्थ मन्त्रालयको भनाइ छ । बजेट कार्यान्वयनमा जानुअघि प्रशासनिक, प्राविधिक एवं अन्य कानुनी प्रक्रियाहरू असार मसान्तभित्रै सम्पन्न गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ । एकभन्दा बढी निकायबाट खर्च गर्नेगरी रकम विनियोजन भए त्यसको जानकारी अर्थ मन्त्रालयलाई गराउनुपर्ने समेत निर्देशन दिइएको छ ।

बजेट कार्यान्वयनमा शीघ्रता ल्याई पूँजीगत खर्चमा वृद्धि गर्न एवं अन्तरसरकारी वित्त व्यवस्थापनलाई सम्बोधन गर्न विधेयकमा केही नयाँ प्रावधानहरू राखिएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयगत सूचना प्रणालीअनुसार समावेश भएका कुनै कार्यक्रमहरू संशोधन गर्नुपर्ने भएमा मन्त्रालयको सहमति लिनुपर्ने अर्थले स्पष्ट पारेको छ । त्यस्तै, खर्च गर्ने एकाइका लागि तोकिएको विनियोजित बजेट खर्च गर्ने अधिकार विनियोजन विधेयक चालू आव अनुसार नै हुने अर्थले मार्गदर्शनमा उल्लेख गरेको छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्