जब एक युवती नाङ्गै सपिङ गर्न गइन
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । यो बडो अचम्म भएको छ । यो हप्ता धेरैजसो रोचक विषयवस्तुमा नाङ्गा भएका समाचार बढी सार्वजनिक भएका छन । कहिं नाङ्गै साइकल रेस, कहिं नाङ्ग बिहे, कहिं सामुहिक रुपमा नाङ्गै नुहाउने, कहिं नाङ्गै भएर विरोध प्रदर्शन .. . .यो संगसंगै अब बजारमा सपिङ गर्न पनि नाङ्गै जाने समाचार आएपछि अर्को तरंग मच्चिएको छ ।
यस्तै पत्याउनै मुस्किल हर्कत गरेकी छिन, पोल्यान्डकी एक युवतीले । सपिङ मलमा नांगै पुगेकी उनलाई मलको बिल तिर्ने लाइनमा नांगै देखेपछि सबैजना अचम्म परे ।
त्यहाँ भएका बिभिन्न मानिसले बिभिन्न किसिमका प्रतिक्रिया पनि जनाए । तर, त्यसले उनलाई कुनै अशर गरेन । उनी आफ्नो बिल तिर्ने लाइनमा चुपचाप उभिइरहिन् । उनले त्यहाँ स्यान्डविच र पेय पदार्थ किनेकी थिइन् । उनले कुनै प्रतिक्रिया नजनाएपछि अरू मानिस पनि चुपचाप लागे । सबैले यसलाइ सामान्य घटनाका रुपमा लिए ।
![](https://sahayatratv.com/wp-content/uploads/2017/06/1405520018500_wps_1_Pic_shows_A_naked_young_w-230x300.jpg)