साताकै पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो

सहयात्रा टिभी

काठमाडौं । यो साताको पहिलो दिनको कारोबारमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।आइतबार नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ विन्दुमा आइपुगेको हो । परिसूचक घट्नुमा सकारात्मक दिशामा अगाडी बढ्न सक्ने खबरहरु बजारमा नआाएकोले पनि नेप्से बढ्न नसकेको सरोकारवालाहरुको वुझाई छ । तर पनि आइतबार जम्मा ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारको पहिलो सत्रमा बजार बढेको भएपनि एक घण्टा पनि नपुग्दै बजार ओरालो लागेको हो ।

उच्च हकप्रद र बोनस लाभांश घोषणा गरेको एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य भने सबैभन्दा धेरै ९.९८ प्रतिशत बढेको छ । चुक्ता पुँजी कम रहेको नेपाल इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको पनि मूल्य बढेको छ । यद्यपी यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक पनि घटेको छ ।

प्रकाशित : 18 June, 2017

प्रतिक्रिया दिनुहोस्