प्रधानमन्त्री समक्ष राजपाका नेताहरुको आपत्ती
सहयात्रा टिभी
काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आपत्ति जनाएका छन । नवलपरासीमा आफनो सभामाथि गोली चलाइएको, तराई मधेशमा छापा मारेर पक्राउ गरिएको, कार्यकर्तालाई मुद्दा चलाएको, सेना परिचालन गरेको जस्ता बिषय उठाएर राजपाका नेताहरुले प्रधानमन्त्री समक्ष आपत्ति जनाएका हुन् । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी वार्तामा राजपा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र अनिल झा सहभागि भएका थिए ।
नवलपरासीमा आफ्नो सभा भइरहेका स्थानमा गोली चलाइएको विषयलाई लिएर राजपाले प्रधानमन्त्री समक्ष आपत्ती जनाएका हुन् ।