केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुडान घोटालामा दुई पूर्व आइजीपीसहित चार प्रहरी जेल चलान

सहयात्रा टिभी

काठमाडौंः सुडान मिसनमा सुरक्षाकर्मीका लागि बन्दोवस्तीका सामग्री खरिद प्रक्रियाका क्रममा घोटाला भएको ठहर गर्दै आज सर्वोच्च अदालतले दुई पूर्व आइजीपीसहित चार प्रहरी जेल चलान गर्न सजाय सुनाएको छ । पूर्वआईजीपी ओमविक्रम राणा, हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्व डीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार वुधवार कारगार चलान गरिएको छ । सर्वोच्चमा अभियुक्त स्वयंम हाजिर भएकाले उनिहरुले कैदमा २० प्रतिशत छुट पाएका छन् ।

सर्वोच्चले पूर्व प्रहरी प्रमुख ओमविक्रम राणालाई २ वर्ष कैद एवं ५० हजार जरिवाना, पूर्व प्रहरी प्रमुख द्वय रमेशचन्द ठकुरी र हेमबहादुर गुरुङलाई जनही एक एक वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनााएको छ ।

पुरानो कानुनी व्यवस्था वमोजिम उनिहरुले हतारहतार टेण्डर आव्हान गरेको, सोको म्याद प्रचलित कानुनको बर्खिलाप हुने गरी न्यून राखिएको, छोटो समयमा बिडिङ गर्ने आफू अनुकुलको तीनवटा कम्पनिको नामबाट कोटशन पारिएकोेमा ती कम्पनीका स्थानिय एजेण्टहरुको आपसी मिलेमतोमा उक्त कोटेसन पेश गरेको तथ्य भेटिएको सर्वोच्चले जनाएको छ । जहां सार्वजनिक खरिद ऐन, २०६३ को प्रक्रिया पालना नगरी खारेज कार्य गरेको ठहर उनिहरुमाथि छ ।

प्रकाशित : 21 June, 2017

प्रतिक्रिया दिनुहोस्