केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चुनाव हुने प्रदेशमा मात्रै १४ गते सार्वजनिक विदा

सहयात्रा टिभी

काठमाडौं । सरकारले स्थानिय तहको दोस्रो चरणको निर्वाचन हुने प्रदेशमा सार्वजनिक विदा दिने भएको छ । असार १४ गते चुनाव हुने ३५ जिल्लामा मात्रै सार्वजनिक विदा दिने भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको सिफारिस वमोजिम मतदान हुने प्रदेश नम्बर १, ५ र ७ मा सो दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

असार ११ देखि १४ गतेसम्म ३ वटा प्रदेशमा चार दिन शिक्षण संस्थाहरुमा समेत विदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 22 June, 2017

प्रतिक्रिया दिनुहोस्