केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चितवनको कालीखोलामा ट्रक र भ्यान खस्यो, चार प्रहरी वेपत्ता, दुईको शव भेटियो

सहयात्रा टिभी

चितवन । चितवनको कालीखोलामा ट्रक र भ्यान त्रिशुलीमा नदीमा खसेको छ । सो ट्रक र भ्यान पहिरोले बगाउँदा चारजना प्रहरी वेपत्ता भएका छन् । पहिरोमा परि ना १ झ १३९० नम्बरको प्रहरीको भ्यान र ना ५ ख ७८२७ नम्बरको ट्रक त्रिशुली नदीमा वेपत्ता भएको छ । इच्छाकामना गाउँपालिकाको चारकिलोमा गएको पहिरो पन्छाएर फर्कने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाएको हो ।

सो पहिरोले ट्रक र भ्यान वगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु दिपक मास्के, सन्दिप कार्की, लीलबहादुर चेपाङ वेपत्ता भएकोमा दुई जनाको शव भेटिएको छ भने अन्यको पहिरोले शव पुरिएको हुन सक्ने चितवन प्रहरीले जानकारी दिएको छ । ठूलो पहिरो खसेकाले बाटो अवरुद्ध भएको छ। पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन कठिनाइ भएको चितवन प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 23 June, 2017

प्रतिक्रिया दिनुहोस्