केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मेस्सी र उनका पिताले जेल बस्नुको सट्टा सो वरावरको जरिवाना तिर्ने

सहयात्रा टिभी

काठमाडौं । कर छलीको आरोपमा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले भोग्नु पर्ने भनिएको जेल सजाय जेलमा वस्नुनपर्ने भएको छ । मेस्सीले जेल सजायको सट्टा वरु जरिवाना तिर्ने तयारी गरेका छन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा मेस्सीलाई एक वर्ष अगाडी नै दोषी ठहर गरेको थियो ।

अदालतले मेस्सीलाई मात्रै नभई उनका पितालाई पनि २१ महिनाको जेल सजाय सुनाएको थियो । मेस्सीले जेल सजायको सट्टा सो बापतको दुई लाख ८५ हजार अमेरिकी डलर जरिवाना तिर्ने तर जेलमा नवस्ने तयारी गरेका छन् भने मेस्सीका पिताले जेल सजायवापत एक लाख ८० हजार युरो तिर्नुपर्नेछ ।

मेस्सीले जरिवाना तिर्ने तयारी गरेपनि सो वारे जरिवानाको मात्रा या जेल सजाय वस्नुपर्ने वा सो वापतको जरिवानाले तिर्ने सम्बन्धी अन्तिम निर्णय भने स्पेनिस अदालतले गर्नेछ । अदालतले मेस्सी र उनका पिता सन् २००७ देखि २००९ सम्ममा कर छली गरेको आरोपमा दोषी ठहर गरेको हो ।

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्