इलामका निर्वाचनको सवै तयारी पूरा, सबै केन्द्रमा मतदान सामग्री पुग्यो

सहयात्रा टिभी

इलाम । स्थानीय तहको असार १४ मा हुने निर्वाचनको लागि इलाममा मतदानका सवै सामग्री पुगिसकेको छ । साथै, निर्वाचनका लागि खटाईएका कर्मचारी पनि मतदान केन्द्र पगिसकेका छन । मतदानमा खटिएका निर्वाचन अधिकृत र कर्मचारीले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार मतदातालाई सहज र सरल ढंगले मतदान गराउन खटिनेछन् ।

स्थानीय तहको अषाढ १४ मा हुने निर्वाचनका लागि इलाममा स्वयमसेवक र सुरक्षाकर्मी सहित २२ सय ५५ कर्मचारी र ३ हजार खटाईएको छ । इलाममा १० वटा स्थानीय तहका १ सय ४४ मतदानस्थलका २ सय ४९ मतदान केन्द्र रहेको छ भने १ लाख ८९ हजार २ सय ७४ मतदाता रहेका छन् ।

प्रकाशित : 24 June, 2017

प्रतिक्रिया दिनुहोस्