केपी ओली प्रचण्ड माधव नेपाल एमाले


७० प्रतिशत मत खस्योः निर्वाचन आयोग

सहयात्रा टिभी

काठमाडौं । स्थानीय तहको दोस्रो चरणको प्रदेश नम्बर १, ५ र ७ मा बुधबार भएको निर्वाचनमा ७० प्रतिशत मत खसेको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगले मतदान कार्य उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ । वुधवार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी थियो ।

मध्य वर्षातको समयमा भएको निर्वाचनका वेला भएको चुनाव भएपनि अधिकांश मतदानस्थमा पानी परेपनि सवैले उत्साहपूर्वक ढंंगले मतदानमा भाग लिएको र केही स्थानमा बम राखेर निर्वाचन विथोल्न प्रयास गरिए पनि सुरक्षाको राम्रो प्रबन्ध भएकाले शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा मतदान कार्य सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले जानकारी दिए । मतपेटिका संकलनपछि आवश्यक तयारी गरी उच्च सर्तकताका साथ मतगणना सुरु गरिनेछ, प्रमुख आयुक्त यादवले भने ।यद्यपी निर्वाचन आयोगले शान्तिपूर्ण रुपमा मतदान सकिएको बताएको छ ।

प्रकाशित : 28 June, 2017

प्रतिक्रिया दिनुहोस्