केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चन्दा प्रोडक्सनको प्रस्तुति कार्यक्रम ‘सहयात्रा’ को २०० औं हप्ता पूरा

सहयात्रा टिभी

काठमाडौं । चन्दा प्रोडक्सनद्धारा विगत ४ वर्षदेखि निर्माण हुदै आएको कार्यक्रम ‘सहयात्रा’ ले हाल सम्म २०० औं हप्ता पूरा गरेको छ । ‘सहयात्रा’ ले २०० औं हप्ता पूरा गर्दैगर्दा राष्ट्र विकासमा योगदान दिने हेतुले देशको नीति निर्माण तहमा रहनुभएका विशिष्ट व्यक्तित्वहरुमाझ विचार विमर्श गर्दै आईरहेको छ । जहां पर्यटन, संस्कृति र विकास जस्ता देश विकासका अभिन्न अंगहरुलाई सहयात्राले कार्यक्रमको मुख्य कडीका रुपमा हालसम्म प्रस्तुत गर्दै आउन सफल भएको छ ।

सहयात्राले काठमााडौं केन्द्रित मात्रै नभएर देशका दुरदराजका घटनाक्रम या विकासमा साझेदारी गर्दै दुरदराजको वस्तुस्तिथिलाई समेट्दै कार्यक्रम सहयात्रा मा पस्कदै आएको छ ।

आजको खण्डमा सहायत्रामा वन जंगल र ताल एवं सिमसार क्षेत्रका विषयमा विभिन्न जिल्लामा स्थलगत छायांकन गरिएको विषयवस्तु समावेश गरिएको छ । नेपाल टेलिभिजनवाट प्रसारित “गन्तव्य प्राप्तिको पहिलो यात्रा कार्यक्रम सहयात्रा” सधैको शुक्रवार जस्तै आज पनि (शुक्रवार) साँझ ६ः०५ बजे र आइतबार बिहान १०ः३० बजे प्रसारण हुनेछ ।

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्