केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अत्याधिक गुलियो खाने कुराहरु खानुहुन्छ ? होस गर्नुस् धेरै रोग लाग्न सक्छ

सहयात्रा टिभी

एजेन्सी । तपाई चिनी वा गुलियो खाद्य पदार्थ कत्तिको खान रुचाउनुहुन्छ ? यदि धेरै गुलियो खाने वानी छ भने आजैवाट सुधार गर्नुस किनकी धेरै गुलियो भएका खानेकुरा खाँदा शरिरमा विभिन्न खालका जटिल समस्याहरु देखिने गर्छन् । चिनीको कारण विभिन्न समस्या आइपर्दा तपाईको शारिरीक अवस्थामा समेत ठुलो समस्या उत्पन्न गराउँछ ।

धेरैले सोच्ने गर्छनकि चिनीको अत्याधिक प्रयोग गर्यो भने मधुमेह रोगमात्र लाग्छ । तर, यो गलत धारणा हो । चिनी या गुलियो पदार्थले मात्रै मधुमेह रोग लाग्ने भने होईन । चिनीको धेरै प्रयोग गर्नु भनेको मुटु रोगलाई समेत निम्त्याउछ । चिनीको धेरै प्रयोग गर्दा प्रयोगकर्ताको दिमागलाई मदिरा र कुलतप्रति धकेल्छ
ख्याल गनुृहोस् ज्अत्याधिक चिनीको प्रयोग गर्दा चिनीले कलेजोलाई पनि बिगारिदिन्छ । यसले विभिन्न प्रकारका क्यान्सरहरु समेत निम्त्याउने गर्छ ।गुलियो भएका खाने कुरा खादाँ इन्सुलिनको मात्रा बढेर जाने गर्छ ।

त्यस्तै,गुलियो धेरै खादा तपाईको दात समेत कमजोर हुने गर्छ ।
जवान अवस्थामा पनि अत्याधिक गुलियो रुचाउनेहरु बूढो जस्तो देखिने गर्छन् । त्यस्तै, उच्च मधुमेहको जोखिम रहने सम्भावना हुन्छ भने अनावश्यक मोटोपन समेत बढद्छ । त्यसैले अत्याधिक गुलियो सेवन गर्नुअघि यि सवै कुरामा ध्यान दिनेकि ?

प्रकाशित : 30 June, 2017

प्रतिक्रिया दिनुहोस्