विपक्षी दलहरूले गरे संसद् अधिवेशन आह्वान गर्न माग

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १६, प्रतिनिधि सभाका विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान गर्न माग गरेका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राखेको विपक्षी दलको बैठकले संसद् बैठक आवश्यक भएको निष्कर्ष निकालेको कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देनले बताए।

पत्रकार धरपकड, सरकारसँग बिचौलिया जोडिएको, न्यायाधीशबारे महाभियोगलगायतको विषयमा छलफल गर्नको लागि संसद् आवश्यक देखिएको बताए।

उनले संसद् अधिवेशन आह्वानका लागि रास्वपा र सभामुख डिपी अर्यालसँग पनि कुराकानी गर्ने बताए।

बैठकमा आङ्दाम्बेसहित राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त, प्रमुख सचेतक वासना थापा, एमाले संसदीय दलका उपनेता पदमा अर्याल, नेपाली कम्युनिस्ट पार्टीबाट वर्षमान पुन, प्रमेश हमाल र युवराज दुलाल, जनता समाजवादी पार्टीबाट महन्त ठाकुर, राप्रपाबाट खुश्बु ओली लगायत नेताहरू पनि सहभागी थिए।

प्रकाशित : 2 November, 2026

प्रतिक्रिया दिनुहोस्