केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दशरथ चन्द मेधावी प्रतिभा पुरस्कारवाट आठ खेलाडी सम्मानित

सहयात्रा टिभी

काठमाडौं । शहिद दशरथ चन्दको १ सय १५ औं जन्म जयन्तीका अवसरमा शहिद दशरथ चन्द मेमोरियल ट्रष्टले ८ जना खेलाडीलाई दशरथ चन्द मेधावी खेलाडी प्रतिभा पुरस्कारबाट सम्मानित गरेको छ ।

२०७३ सालमा भएका विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा उनिहरुले गरेको प्रदर्शनको कदर स्वरुप उनिहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्वाञ्चलबाट फुटबलका नवयुग श्रेष्ठ, मध्यमाञ्चलबाट भलिबलकी प्रतिभा माली, पश्चिमाञ्चलबाट एथलेटिक्सकी विपना परियार, मध्यपश्चिमाञ्चलबाट क्रिकेटकी नेरी थापा र सुदूरपश्चिमाञ्चलबाट तेक्वान्दोकी ओलम्पियन निशा रावल सम्मानित भए । शनिवार आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, ट्रष्टका अध्यक्ष कर्णबहादुर चन्द र नेपाल खेलकुद विज्ञान प्रतिष्ठान राखेपका कार्यकारी निर्देशक डा. प्रकाश प्रधानले खेलाडीलाई सम्मान गरेका हुन् ।

त्यस्तै, पारातर्फ तेक्वान्दोकी सीता भण्डारी तथा एथलेटिक्स र क्रिकेटका विक्रमबहादुर राना पुरस्कृत भए । ट्रष्टले २०६२ सालदेखि खेलाडीलाई पुरस्कृत गर्दै आएकोमा पहिलोपटक पारा विधामा खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीले जनही १० हजार र प्रशंसा पत्र प्रदान गरे ।

प्रकाशित : 1 July, 2017

प्रतिक्रिया दिनुहोस्