आंशिक प्राध्यापक संघको माग पूरा गर्न सरकार उदासिन देखिएको आरोप, रिले अनसन गर्ने

सहयात्रा टिभी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले पुनः रिले अनसन गर्ने चेतावनी दिएका छन् । उनिहरुले आफ्ना माग पूरा नभएको भन्दै रिले अनसन सुरु गर्ने भएका हुन् । आंशिक प्राध्यापक संघले आफूहरुको माग सम्बोधन गर्न सरकारले आलटाल गरेको र सोप्रति गम्भीर नभएको भन्दै मंगलबारदेखि रिले अनसन सुरु गर्न लागेको वताएका छन् ।

आंशिक प्राध्यापकलाई मासिक पारिश्रमिक पाउने गरी करार व्यवस्थापन गर्न तथा उनिहरुलार्य स्थायी गर्न माग गरेको थियो । सो प्रति सरकार उदासिन देखिएकोले पुनः आन्दोलनमा आउन सरकारले वाध्य पारेको आंशिक प्राध्यापक संघले जनाएको छ ।

प्रकाशित : 3 July, 2017

प्रतिक्रिया दिनुहोस्