पुनर्वासको मतगणना बुधबारबाट सुरु गरिने
सहयात्रा टिभी
कञ्चनपुर । चार दिनदेखि स्थागित भएको पुनर्वासको मतगणना बुधबारबाट सुरु हुने भएको छ । सबै वडाको मत पुनः गरिनुपर्ने दलहरुले माग राखेपछि त्यांहाको मतगणना चार दिनदेखि हुन सकिरहेको थिएन । दलहरुले पुन मतगणना गरिनुपर्ने माग राखे वमोजिम नै बुधबार दिउँसोबाट मतगणना सुरु हुने सर्वदलीय बैठकमा सहभागी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता भीम बहादुर दाहालले जानकारी दिए ।
यसअघि मतगणनाको क्रममा कर्मचारीले अनियमितता गरेको भन्दै दलहरुले सबै वडाको मत पुनःगणना गर्नुपर्ने, मतगणनामा खटाईका कर्मचारी परिवर्तन गर्नुपर्ने एवं मतगणना स्थलमा सिसी टिभीको पनि व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।