संघीय समाजवादी फोरमको परिमार्जनसहितको संविधान संसोधन गर्न माग
सहयात्रा टिभी
काठमाडौं । संघीय समाजवादी फोरमले परिमार्जनसहितको संविधान संसोधन हुनुपर्ने माग राखेको छ । आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको बैठकले परिमार्जनसहित संविधान संसोधनको माग गरेको हो । संघीय समाजवादी फोरमले स्थानीय तहको चुनावमा सहभागिताको लागि संसदमा पेश गरिएको संविधान संशोधन विधेयकले राष्ट्रिय समस्याको समाधान नहुने वताएको छ ।
हालको संविधानले सो समस्याको समाधान नहुने भएकोले संविधान संशोधन गर्न माग गरेको एक विज्ञप्ती निकालेर जनाएको छ ।