अन्तर्घातका कारण हार व्यहोर्नु परेको एमालेको निष्कर्ष, १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन जिल्ला कमिटिहरुलाई निर्देशन
सहयात्रा टिभी
काठमाडौं । स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा कम्तिमा २५ स्थानीय तहमा अन्तर्घातकै कारण हार व्यहोर्नु परेको जनाएको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र व्होरर्नुपरेको हार एवं समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटिहरुलाई निर्देशन पनि दिएको छ ।
दोस्रो चरणको निर्वाचनमा एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । स्थानिय तहको दोस्रो चरणको निर्वाचनमा एमालेले १ सय ७० स्थानिय तहमा जित्ने अनुमान थियो, तर १ सय ५१ स्थानमा मात्रै प्रमुख पदमा जित हात पारेको छ । मोरङ र पाल्पामा २५ भन्दा बढी तहमा पनि जित्ने निश्चित हुँदाहुँदै अन्तर्घातकै कारण हार व्होर्नुपरेको एमालेको निष्कर्ष छ ।