अपरमाई ‘सी’ हाइड्रोपावरको निर्माण कार्य सम्पन्न, छिट्टै १० प्रतिशत सेयर खोल्ने तयारी

सहयात्रा टिभी

इलाम । हालै निर्माण कार्य सम्पन्न भएको अपरमाई ‘सी’ हाइड्रोपावर लिमिटेडले विद्युत उत्पादन सुरू गर्न थालेको छ । झण्डै अढाइ वर्षअघि निर्माण सुरू भएको अपरमाईको क्षमता ६ दशमलब १ मेगावाट भए पनि पिपिए सम्झौतामा ५ दशमलव १ मेगावाट रहेको छ । ५ दशमलव १ मेगावाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको प्रवद्र्धक संस्था पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका कार्यकारी निर्देशक सन्तोष प्रधानले जानकारी दिए ।

इलामको सन्दकपुर गाउँपालिका-५ र जमुना-३ सुलुबुङमा निर्माण भएको अपरमाई ‘सी’ हाइड्रोपावर सम्पन्न हुदांसम्म ९५ करोड रुपैंयाँ खर्च भएको निर्देशक प्रधानको भनाई छ भने नबिल बैंक, नेपाल बैंकहरु एवं वित्तीय संस्थाले उक्त हाइड्रोमा लगानी गरेका छन् । धितोपत्र बोर्डबाट स्वीकृत भएपछि चाँडै नै स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर खोल्ने तयारी भइरहेको जनाईएको छ ।

प्रकाशित : 11 July, 2017

प्रतिक्रिया दिनुहोस्