सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई गर्यो मुख्य सचिवमा नियुक्त
सहयात्रा टिभी
काठमाडौं । सरकारले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बाहालवाला मुख्य सचिव सोमलाल सुवेदी एसियाली विकास बैंक एडिबी को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला जानका लागि मंगलवारदेखि सिंहदरवारवाट विदा भएका थिए । सुवेदी गए संगै मुख्य सचिवको पद रिक्त थियो । वरिष्ठ सचिवमध्येबाट क्षेत्रीलाई २३ औं मुख्यसचिवमा नियुक्त गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
क्षेत्रीलाई बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले तीन वर्षका लागि मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिवको पदावधि तीन वर्षको भएपनि क्षेत्री उमेर हदका कारण कार्तिक ७ गते अवकाश पाउनुहुनेछ।