केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुससँग भएका इमेल श्रृंखला राष्ट्रपति ट्रम्पका जेठा छोराले सार्वजनिक गरे

सहयात्रा टिभी

न्यूयोर्क । रुससँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले २०१६ मा भएको राष्ट्रपतिको निर्वाचनका वेला गरेका इमेलहरु गत मङ्गलबार सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएका ईमेलमा रुसी वकिलसँग निर्वाचनका समयमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेको कुरा वाहिर आएको छ । उनको सो प्रस्तावलाई राष्ट्रपति ट्रम्पका छोराले स्वागत गरेको पनि खुलेको छ ।सो ईमेलको जवाफमा राष्ट्रपति ट्रम्पका जेठा छोराले यदि त्यस्तो सूचना दिने हो भने त्यो आफ्नो लागि निकै लाभदायक र खुसीको कुरा हुने बताएका छन् ।

त्यस्तै, रुसी वकिलले ती इमेलहरु ट्रम्पका छोरालाई लेखेको जानकारी गराएका छन् । ती इमेलहरु उनले मङ्गलबार सार्वजनिक गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो छोराले राम्रो र पारदर्शी काम गरेको बताएका छन् ।

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्