उच्चस्तरिय ६ सदस्यिय चिनियाँ टोलीद्धारा मैत्रीपूर्ण भ्रमण

सहयात्रा टिभी

काठमाडौं । नेपालका प्रतिष्ठित व्यापारी तथा नेपालमा व्यापार गर्ने चिनियाँ व्यापारीविच स्टायान्डीङ कमिटी ग्वान्ज्वायु म्युनिसिपल पिपुल्स कांग्रेसका उपाध्यक्ष सहित ६ सदस्यिय चिनियाँ टोलीद्धारा मैत्रीपूर्ण भेटवार्ता भएको छ । बुधवार नेपाल चेम्वर अफ कर्मशमा भएको सो भेटवार्तामा दुई देश विच व्यापार आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो । छलफलमा नेपालको विकास एवं सम्पन्नताको वारेमा पनि चर्चा गरिएको थियो ।


नेपाल चेम्वर अफ कर्मशका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले स्टायान्डीङ कमिटी ग्वान्ज्वायु म्युनिसिपल पिपुल्स कांग्रेसका उपाध्यक्ष सहितको टोलिलाई नेपालको संस्कृति झल्कने मायांको चिनो दिएर स्वागत गर्नुभएको थियो ।

 

प्रकाशित : 13 July, 2017

प्रतिक्रिया दिनुहोस्