स्थानिय तहको अधिकार कटौती गर्न खोज्नु गलत: ओली

सहयात्रा टिभी

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई छुट्याएको अधिकार कटौती गर्न नहुने बताउनु भएको छ । शुक्रवार भक्तपुरमा भएको एक कार्यक्रममा उहांले यस्तो बताउनुभएको हो । संविधानले नै केन्द्र,्प्रदेश र स्थानिय तहको अधिकार छुट्टाए पनि सोहि बमोजिम काम नभएको बताउनु भएको हो । संविधानले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न खोज्नु गलत हो, ओलीको भनाई थियो । संविधानमै उल्लेख भएको केन्द्र, प्रदेश र स्थानीय तहको अवधारणालाई सरकारले केन्द्र र प्रदेशमा केही नगरी स्थानीय तहको अधिकार मात्रै कटौती गर्ने गरी कानुन ल्याउन लागेकोमा उहांले आपत्ती जनाउनुभयो ।

 

प्रकाशित : 14 July, 2017

प्रतिक्रिया दिनुहोस्