राजनीतिक दलहरुद्धारा मतदाता नामावली संकलनको समय १ महिना बनाउन आयोगलाई आग्रह

सहयात्रा टिभी

काठमाडौं । निर्वाचन आयोगलाई फोटोसहितको मतदाता नामावली संकलनको समय थप गर्न राजनीतिक दलहरुले आग्रह गरेका छन् । राजनीतिक दलहरुले आयोगका पदाधिकारीलाई भेटेर मतदाता नामावली संकलनको अवधि कम भएको र सो अवधिलाई १ महिना अर्थात साउन महिनाभरि लम्व्याउन आग्रह गरेका छन् । त्यस्तै, आ-आफ्नो कार्यव्यस्तताले गर्दा सबैलाई स्थायी ठेगाना भएको जिल्लामा जान सम्भव नभएका कारण आफू रहेकै जिल्लाबाट नाम दर्ता गर्ने ब्यवस्था मिलाईदिन पनि दलहरुले आयोगलाई आग्रह गरेका छन् ।

आयोगले साउन १ देखि १५ गतेसम्म स्थायी ठेगानाबाटै मतदाता नामावलीमा नाम दर्ता गराउने निर्णय गरिसकेको थियो । निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका ब्यक्तिलाई नागरिकताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा जान आग्रह गरेको थियो  यसअघि नै नाम दर्ता गराएका व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले जनाएको छ ।

प्रकाशित : 15 July, 2017

प्रतिक्रिया दिनुहोस्