राजधानीमै ढलले बगाएर बालिकाको ज्यान गयो

सहयात्रा टिभी

                   तस्बिर : दाजु विजय फुयालसँग ढलमा बगेर ज्यान गुमाएकी विनिता फुयालको तस्बिर

 

काठमाडौं । राजधानी भित्रै ढलले बगाएर ज्यान गयो भन्न पनि कति विडम्वना । ढलले बगाएर कहिले पैदल यात्रुलाई बगाएको समाचार आउछन् त कहिले मोटरसाईकल, स्कुटर चालकको । फेरि पनि यस्तै हृदयविदारक घटना भएको छ राजधानीमै । राजधानी काठमाडौंको नेपालटारस्थित ढलका कारण खेल्दै गरेकी एक बालिकाको ज्यान गएको छ । नेपालटारस्थित झंकनाथ फुयाँल दम्पतीले शुक्रबार साँझ छोरीलाई सदाका लागि गुमाएका छन् । उनिहरुले ११ वर्षीया छोरी विनीतालाई गुमाएका हुन् ।

स्थानीय युरेका माविमा कक्षा ३ मा अध्ययनरत थिईन विनीता । उनि खेल्न बाहिर गएका वेला सडकमा ठूला ठूला खाल्डा भएका कारण यस्ता घटना बर्षेनि घटिरहन्छन् । उनलाई विष्णुमतिमा मिसिएको महादेव खोलाले चार–पाँच किलोमिटर पर पुर्‍याएको थियो । तर पछि उनको नाडी चलिरहेको पाईएपछि अस्पताल पुर्याए लगत्तै उनलाई अस्पतालले मृत घोषित गरेको थियो । विकास निर्माणमा हुने चरम लापरवाहीका कारण छोरी गुमाउनुपरेको गुनासो उनको परिवारले गरेको छ ।

प्रकाशित : 16 July, 2017

प्रतिक्रिया दिनुहोस्