केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपालको दोस्रो जित: नेपालले मलेसियालाई ५ विकेटले हरायो

सहयात्रा टिभी

काठमाडौं । उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा उत्कृष्ट बलिङसँगै नेपालले लगातार दोस्रो जित हांसिल गरेको छ । नेपालले मलेसियालाई ५ विकेटले हराएर जित हांसिल गरेको हो
। नेपालले मलेसियालाई ५८ रनमा अलआउट गर्‍यो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो । ८ बलमा ६ रन बनाउँदा सन्दिप सुनार र ६ बलमा ५ रन बनाउँदा आदिल खान आउट भएका थिए । टिमको स्कोर मात्र ८ रन हुँदा ओपनर सन्दिप सुनार मात्र ६ रनमा आउट भएका हुन् । त्यस्तै, २० बलमा २३ रन बनाउँदा आसिफ शेख आउट भए । उनले मात्र ४ रन जोडे । २ सय ४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो ।

उता, मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्