मन्त्रालय बाँडफाँड : सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई १३ र माओवादीलाई ९ मन्त्रालय

सहयात्रा टिभी

काठमाडौं । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादीको बैठकले मन्त्रालय भागवण्डाको टुंगो लगाएका छन् । भागवण्डा गरिएको मन्त्रालयमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले १३ र माओवादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ । यसअन्र्तगत भौतिक पूर्वाधार कांग्रेसको भागमा र माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ । त्यस्तै, माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ । अवको चरणमा कांग्रेस र माओवादीले बुधवार राष्ट्रिय जनता पार्टी (राप्रपा) सँग छलफल गरि अन्य मन्त्रालयको छिनोफानो गर्ने स्रोतले बताएको छ ।

प्रकाशित : 18 July, 2017

प्रतिक्रिया दिनुहोस्