केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भक्तपुरमा लागु औषधसहित दुई जना पक्राउ

सहयात्रा टिभी

भक्तपुर । भक्तपुरमा लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मंगलबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ मनोहराबाट लागु औषधसहित रामेछाप गोठपाने घरभई अहिले ललितपुर टिकाथली बस्ने २२ वर्षका सुमन कार्की र रामेछाप मन्थली घरभई पुरानो बानेश्वर बस्ने २० वर्षका प्रविण लामालाई पक्राउ महानगरीय प्रहरी बृत्त थिमिले पक्राउ गरेको हो ।

बा ४० प ७५५८ नम्बरको स्कुटरमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त थिमि प्रहरीले जनाएको छ ।

प्रकाशित : 19 July, 2017

प्रतिक्रिया दिनुहोस्