ट्रम्पले इरानमाथि आक्रमणबारे गरे दोहोरो अर्थलाग्ने कुरा

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ८, अमेरिकाले आज इरानमाथि आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

अमेरिकाले इरानले कहिल्यै परमाणु हतियार बनाउन नसकोस् भन्ने सुनिश्चित गर्न चाहेको उनले स्पष्ट पारेका छन्।

फ्लोरिडाको वेस्ट पाम बिचमा प्रथम महिला मेलानिया ट्रम्पसँगै मध्यावधि निर्वाचनका लागि मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्।

इरान सम्झौता गर्न चाहन्छ, तर उसले सर्तहरू पालना गर्नेछ भन्नेमा विश्वास नरहेको उनले बताए।

के अमेरिकाले इरानमाथि आक्रमण गर्छ भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘के तपाईंलाई साँच्चै लाग्छ कि म तपाईंलाई यो कुरा बताउँछु ? सायद भोलि‘ आक्रमण गर्ने सम्भावना छ।

यस्तो पनि हुन सक्छ कि हाम्रो बीचमा एउटा राम्रो, ठूलो र उत्कृष्ट डिल होस्। सायद मैले काम पूरा गर्नुपर्ने हुन सक्छ, वा सायद उनीहरूले कुनै सम्झौता गर्नेछन्।’

यद्यपि, ‘काम पूरा गर्ने’ भन्नाले इरानमाथि फेरि आक्रमण गर्ने भन्ने हो वा होइन भन्ने कुरा भने उनले स्पष्ट पारेनन्।

प्रकाशित : 25 October, 2026

प्रतिक्रिया दिनुहोस्