असोज २ को चुनावका लागि भदौ २१ मा उम्मेदवारी दर्ता हुने
सहयात्रा टिभी
काठमाडौं । आगामी असोज २ मा हुने स्थानीय तहको प्रदेश नम्बर २ मा हुने चुनावका लागि भदौ २१ गते उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । यसक्रममा, भदौ २१ गते विहान उम्मेदवारी दर्ता गरिने, सोहि दिन साँझ उम्मेदवारको सूची प्रकाशित गरिने र २३ गते उम्मेदवारी फिर्ताको समय दिइएको आयोगले जनाएको छ । असोज २ गते प्रदेश नम्बर २ का ८ जिल्लाका १ सय २७ स्थानीय तहमा मतदान हुदैछ ।