केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अव नेपालमा पनि महिला बैंकको स्थापना हुने : महिलामा वित्तीय पहुँच बढाउने पहिलो प्राथमिकता

सहयात्रा टिभी

काठमाडौं । पछिल्लो समय तिव्रतर गतिमा बढ्दै गएको विकासले विश्वमा नै निकै परिवर्तन ल्याईरहेको छ । विश्वमा नै भईरहेको विभिन्न विकासमूलक प्रगतिका अभ्यासहरु नेपालमा पनि क्रमैसंग त्यसको परिपालना हुदै गईरहेको छ । यससंगै अन्य देशमा अभ्यास भईसकेको महिलाका लागि छुट्टै बैंकको परिकल्पना नेपालमा पनि लागू हुने भएको छ । अब नेपालमा पनि महिलाका लागि छुट्टै बैंक स्थापना हुने भएको हो । अन्य मुलुकका महिलाहरु जस्तै नेपालका महिलाहरुमा पनि आर्थिक स्थिति माथि उकास्न र महिलामा वित्तीय पहुँच बढाउन तथा उद्यमशीलता विकास गर्न महिला बैंकको अवधारणा अघि सारिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघले विश्व बैंकअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) सँगको सहकार्यमा नेपालमा महिलाका लागि छुट्टै बैंक स्थापना गर्न तयारी थालेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताएकी छन् ।

 

प्रकाशित : 25 July, 2017

प्रतिक्रिया दिनुहोस्