दुई पार्टीविच एकीकरणपश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’
सहयात्रा टिभी
काठमाडौं । एकीकृत पार्टीमा विवेकशीलका अध्यक्ष उज्ववल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त एकता हुने भएको छ भने दुई पार्टीविच एकीकरणपश्चात पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राख्ने सहमति भएको छ । विवेकशील नेपाली दल र साझा पार्टी्बिच चुनाव चिन्ह तराजु राख्ने सहमति भएको दुवै पार्टीले जनाएका छन् । पार्टीको केन्द्रीय समिति ५१ सदस्यीय हुनेछ भने १७ जनालाई केन्द्रीय सदस्य मनोनित गर्ने सहमति भएको छ ।
दुवै पक्षबिच एक वर्ष भित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।