भरतपुरकाण्डको सर्वोच्चमा बिहीबार पुनः बहस
सहयात्रा टिभी
काठमाडौं । विवादित वनेको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्ने बारेमा सर्वोच्च अदालतमा बिहीबार पनि बहस भैरहेको छ । न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरषोत्तम भण्डारीको इजलासमा केही दिनदेखि यो मुद्दामा बहस भैरहेको छ ।
गएको सोमबार सुनुवाई नसकेपछि बिहीबारका लागि बहस सारिएको थियो । मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गराउने निर्णय गरेको थियो ।
जेठ २१ गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले हालसम्म पनि निर्णय नगरिदिदाँ चुनाव भएको साढे दुई महिना बितिसक्दा पनि भरतपुरकाण्डको छिनोफानो हुन सकेको छैन ।