एलपीजी ग्याँसको मूल्‍य घट्‍यो

सहयात्रा टिभी

काठमाडौं । खाना पकाउने ग्यास (एलपीजी) ग्यासको मूल्य घटेको छ । मंगलवारदेखि लागू हुने गरि प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य भएको नेपाल आयल निगमलले जनाएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो भने अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ ।
इण्डियन आयल कर्पोरेशन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची पठाएकाले सोहीअनुसार ग्यासको मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

 

प्रकाशित : 1 August, 2017

प्रतिक्रिया दिनुहोस्