केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विवाहमण्डपमानै बेहुलीले बेहुलालाई गोली हानिन

सहयात्रा टिभी

एजेन्सी । संसारमा अनौठा खालका घटनाहरु जो तपाईहामीलाई नै चकित पार्ने गरि प्रायः आईरहन्छन् । यस्तै मध्ये विवाहलाई पवित्र वन्धन मानिन्छ । अझ हिन्दु परम्परा अनुसार त विवाहित महिलाले लागि आफ्नो श्रीमानलाई पुजिन्छ । तर हालै मात्र यस्तो घटना बाहिर आएको छ जसले विवाहपश्चात विवाह मण्डपमा नै आफ्नै श्रीमानमाथि एक विवाहित महिलाले गोली प्रहार गरिन् । विवाहको केही समयपछि नै श्रीमानमाथि गोली प्रहार गर्ने अमेरिकाको टेनिसी राज्यकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । २५ वर्षकी केट एलिजाबेथ प्रिचार्डलाई विवाह पहिरनमै प्रहरीले टेनिसी राज्यको मरफ्रेसबोरोमा रहेको एक मोटेलबाट पक्राउ गरेको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।

प्रिचार्डले सोमबार विवाह लगतै श्रीमानको टाउकोमा ९ एमएमको पेस्तोल राखेर ट्रिगर दबाएकी थिइन् । प्रिचर्डाले पछि पेस्तोलमा गोली भरेर हवाई फायर गरेकी थिइन् । नवविवाहित जोडीले रक्सी खाएको र त्यसपछि झगडा गर्न थालेको प्रहरीले जनाएको छ । प्रिचार्डले आफ्नो विवाह पहिरनमै पेस्तोल लुकाएकी थिइन् ।

प्रकाशित : 2 August, 2017

प्रतिक्रिया दिनुहोस्