कक्षा १२ को विज्ञान विषयको परिक्षाफल प्रकाशित, ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण
सहयात्रा टिभी
काठमाडौं । कक्षा १२ को विज्ञान विषयको परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा लिएको विज्ञान विषयको परीक्षामा ५० हजार परीक्षार्थी सहभागी भएकोमा ७९ दशमलव ४४ प्रतिशत उत्तीर्ण भएका छन् । त्यस्तै आंशिकमा ४३ दशमलव ६६ प्रतिशत उर्तिण भएका छन् ।
बोर्डका अनुसार नियमिततर्फ ४४ हजार ८ सय ९७ परीक्षार्थीमध्ये ३५ हजार ६ सय ८८ उतिर्ण भएका छन् ।